थपिए २५५ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६,४२३ पुग्यो

थपिए २५५ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६,४२३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । आज २५५ जना संक्रमित थपिएका छन् । मंगलबार २०४ जना थपिएका थिए । सोमबार १८० जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । उनले हालसम्म काठमाडौंमा समुदायमा कोरोना संक्रमण नफैलिएको पनि जानकारी दिए ।

यस्तै निको हुनेहरु आज २५३ जना थपिएका छन् । मंगलबार ६८८ जना निको भएका थिए । सोमबार २६४ जना निको भएका थिए । हालसम्म ७ हजार ७५२ जना निको भएका छन् । कूल संक्रमितको ४७ प्रतिशत निको भएका छन् ।

यस्तै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ । नेपालका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका छन् ।

Logo