नेपालमा ९९ प्रतिशत कोरोना सङ्क्रमित लक्षणविहीन

नेपालमा ९९ प्रतिशत कोरोना सङ्क्रमित लक्षणविहीन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना सङ्क्रमण भएका मध्ये ९९ प्रतिशत कोरोना सङ्क्रमितमा कुनै पनि लक्षण नदेखिएको पाइएको छ ।

महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले सङ्क्रमित देखिएका झण्डै १६ हजारमध्ये केहीलाई मात्र सामान्य लक्षण देखिएको बताए । “अन्य देशको भन्दा फरक के रहेको छ भने नेपालमा ९९ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन”, उनले भने, “उहाँहरु सङ्क्रमित हुनुहुन्छ, तर उहाँको लक्षण केही छैन ।”

नेपालमा देखिएको कोरोना सङ्क्रमणमध्ये करीब ९७ प्रतिशत आयातीत रहेको छ । अरू देशबाट आएका छन् । ती मध्ये आजसम्म आरटी पिसिआर विधिबाट परीक्षण गरिएको दुई लाख ६१ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नं २ र ५ मा हो भने अहिले सुदूरपश्चिम प्रदेश बढी जोखिममा रहेको देखिन्छ । “अहिलेसम्म हाम्रो स्थिति हेर्दा वाग्मती र गण्डकी प्रदेशमा छिट्पुट सङ्ख्यामा छ”, उनले भने, “अन्य प्रदेशमा ‘क्लष्टर अफ केसेस’ देखिएको छ ।”रासस

Logo