आज निको हुनेहरु थपिए ६८८ जना, संक्रमितको संख्या २०४

आज निको हुनेहरु थपिए ६८८ जना, संक्रमितको संख्या २०४

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । आज २०४ जना संक्रमित थपिएका छन् । सोमबार १८० जना थपिएका थिए । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । उनले हालसम्म काठमाडौंमा समुदायमा कोरोना संक्रमण नफैलिएको पनि जानकारी दिए ।

यस्तै निको हुनेहरु आज ६८८ जना थपिएका छन् । सोमबार २६४ जना निको भएका थिए । हालसम्म ७ हजार ४९९ जना निको भएका छन् । कूल संक्रमितको ४६ प्रतिशत निको भएका छन् ।

यस्तै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ । सोमबार बाग्लुङका २९ वर्षिय पुरुषको मृत्यु भएको छ । नेपालका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका छन् ।

Logo