काभ्रेमा आज ४ जना कोरोना संक्रमित थपिए

काभ्रेमा आज ४ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे जिल्लामा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा उपचारका लागि पठाइएको छ ।

आज कोरोना संक्रमित भएका मध्ये महाभारत गाउँपालिकाका वर्ष २२ का १ जना पुरुष, पाँचखाल नगरपालिकाका ३१ वर्षिय पुरुष र २६ वर्षिय १ पुरुष तथा बनेपा नगरपालिकाका वर्ष २८ को एक जना पुरुष छन्।

उनीहरुको धुलिखेल अस्पतालमा पिसिआर परिक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो ।

Logo