‘कोरोना र लकडाउनले मानिसहरुमा मानसिक समस्या बढिरहेको छ’ : डा.यञ्जन गैरे (भिडियोसहित)

‘कोरोना र लकडाउनले मानिसहरुमा मानसिक समस्या बढिरहेको छ’ : डा.यञ्जन गैरे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
बदलिदो समाजसँगै बदलिदो खानपिन र व्यस्त तथा सुविधाभोगी जीवनशैलीले रोगको संक्रमण बढ्दाे छ । त्यस्तै यतिबेला कोरोना भाइरसका कारण देश लामो समयदेखि लकडाउनमा छ । जसका कारण मानिसहरु घरमा बस्न बाध्य भएका छन् । यसबाट मानिसहरुमा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरु देखिएका छन् ।

डा.यञ्जन गैरेले ‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजिवी’ बनाउने मुख्य उद्देश्य बोकेर प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाज थेरापी, हाइड्रो थेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्श र जीवनशैली परामर्श लगायतका उपचार पद्धतीबाट बिरामीको उपचार गर्दै आएका छन् ।

यिनै विषयहरुमा केन्द्रित भएर केन्द्रबिन्दुकी संवाददाता सृजना राईले योग तथा प्राकृतिक चिकित्सक संघका उपाध्यक्ष तथा हिमालयन प्राकृतिक अस्पताल र नेचुरोथेयापी अस्पतालका निर्देशक डा.यञ्जन गैरेसँग कुराकानी गरेकी छिन् ।

यतिबेला लकडाउनका कारण मानिसहरु लामो समयदेखि घरमा बस्न बाध्य भएका छन् । यसबाट स्वास्थ्यमा के कस्ता समस्याहरु देखिएका छन् ?

लकडाउनका कारण मानिसहरु आर्थिक, सामाजिक, मानसिक, शारीरिक जस्ता समस्याहरु भोगिरहेका छन् । तीमध्ये पनि अधिकांश मानिसहरुमा मानसिक समस्या देखिएको छ । जसका कारण मानिसहरु आफ्नो स्वास्थ्य स्थिति प्रतिकुल नभएको बताईरहेका छन् । कोरोनाका लक्षणहरुले पनि मानिसहरुमा मानसिक समस्या बढिरहेको छ । विशेष गरि मानसिक समस्याहरुमा तनाब, चिन्ता, डिप्रेशन, देखिएको छ । हामीले आजभोलि धेरै आत्महत्याका घटनाहरु पनि सुनिरहेका हुन्छौं ।

आत्महत्या पनि एउटा मानसिक रोग नै हो । अहिले हरेक स्तरका व्यक्तिहरुमा दीर्घकालीन रोग पहिला समस्या थियो भने अब मानसिक समस्या रोगको रुपमा दीर्घकालीन बनिरहेको छ । जस्तै अहिले हामी कोरोना कोरोना भनिरहेका हुन्छौं यसको भय, र त्रासले गर्दा मानसिक समस्या लगायत व्यायम गर्न नपाएर, खानपिनको समय नमिलेर, व्यापार व्यवसाय दुबेको छ । जसका कारण कोरोना लागेर हुने समस्या आफ्नो ठाउँमा छ तर यसले दैनिक रुपमा मानसिक रोग बढिरहेको छ ।

ती समस्या समाधानका लागि के गर्न सकिन्छ ?

हरेक कुराको समाधान हुन्छ । कोरोनाको औषधी नबने अवस्थामा हामीले अहिले गर्न सक्ने भनेको आफू स्वस्थ निरोगी कसरी बन्ने, भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो । आफू स्वास्थ्यकर बन्नका लागि हामीले विशेष गरि ४ कुरामा ध्यान दिनुपर्छ । भोजन, व्यायम, विचार र व्यवहार यी कुराहरुलाई सन्तुलन राख्न सक्यो अथवा आफ्नो जीवनमा लागू गर्न सक्यो भने अवश्य पनि कोरोनाको डरत्रास साथै मानसिक समस्याबाट आफूलाई टाढा राख्न सक्छौं । जसले गर्दा दीर्घकालीन रोगहरुबाट पनि बच्न सक्छौं ।

नेपालमा योग तथा प्राकृतिक चिकित्साप्रति आम धारणा के छ ?

योग तथा प्राकृतिक चिकित्सा पुरानो चिकित्सा पद्धती हो । पूर्वीय दर्शनमा ५ हजार वर्ष पहिले नै व्याख्या गरिएको छ । अहिले आएर यसलाई चिकित्साको रुपमा प्रयोग गर्न थालिएको हो । यो उचार पद्धति बिना औषधी पञ्चमहाबुध भन्ने छ । पृथ्वी, आगो, तेज, वायु र आकाश यी पाँच तत्वबाट पाइने चीज समिश्रणहरुबाट उपचार गर्ने पद्धति हो । आम मानिसहरुलाई हामी सावधान बनाइरहेका छौं । स्वस्थकर खाना खाने, स्वस्थकर जीवनी जिउने विभिन्न थेरापीहरुबाट उपचार गर्ने गर्दछौं । यसमा हामीले आकस्मिक सेवा भने दिन सक्दैनौं । दीर्घकालीन रोगहरुमा भने हामी राम्रो सेवा गरिरहेका छौं । र पहिला भन्दा अहिले आम मानिसहरुले एकदम सबल तरिकाले अवलम्बन गरिरहेका छन् ।

आम सर्वसाधारणले बुझ्ने गरी भन्नुपर्दा योग तथा प्राकृतिक चिकित्सा भनेको के हो ?

बिना औषधी, बिना अप्रेशन, कुनै पनि रोगको दीर्घकालीन रुपमा निदान गर्न सकिने चिकित्सा पद्धति भनेकै योग तथा प्राकृतिक चिकित्सा पद्धति हो । नेपाल सरकारले पनि २०५९ साल असार २० गते राष्ट्रिय चिकित्सा पद्धतिको रुपमा अगाडी ल्याइसकेको छ । सरकारमा धेरै नितिगत कार्यहरु पनि भइरहेका छन् । साधारण मानिसले के बुझिदिनु प¥यो भने, केमिकलयुक्त औषधी बिना, बिना सर्जरी, दीर्घकालीन रोगमा बिना औषधी गर्ने उपचार विधि हो ।

एलोपेथिक र आयुर्वेदिक भन्दा यो उपचार पद्धतीमा र आर्थिक हिसावले के भिन्नता पाइन्छ ?

पहिलो कुरा रोग के हो भन्ने बुझ्न आवश्यक छ । कहिलेकाही एलोपेथिकमा थोरै पेसाले पनि उपचार हुन्छ । भने कहिले लाखौं खर्च हुन्छ । कुनै पनि चिकित्सा पद्धतिको डायग्नोस्टिक गर्ने, रोग पत्ता लगाउने विधिहरु सबै एउटै हुन्छ । रोगलाई पु¥याउने सेवाहरुमा एलोपेथिकमा सर्जरी, मेडिशिनको प्रयोग हुन्छ । आयुर्वेदिक झनै हजारौं वर्ष पुरानो चिकित्सा पद्धति हो । जहाँ जडीबुटीबाट बनाइएका औषधीहरु हुन्छ । साथै जीवनशैली पनि जोडिन्छ । तर प्राकृतिक चिकित्सा पद्धति यी दुई पद्धति भन्दा नितान्त फरक चिकित्सा पद्धति हो । तुलनात्मक हिसाबले हेर्दा पैसामा खर्चिलो भन्दा पनि समयमा खर्चिलो छौं । सानो रोग दुई दिनमा निको बनाईदिनुहोस भन्नुहुन्छ भने हामीले सोचेको जस्तो नतिजा दिन नसकौंला । हामी कहाँ नियमित १०/१५ दिन उपचार गर्न आउनु पर्ने हुन्छ ।

कस्तो खालका रोगका लागि यो उपचार पद्धती उत्तम हुन्छ ?

अहिलेसम्मको अनुसन्धानले दीर्घकालीन रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह, ढाड, कम्मर, गर्धन दुख्ने, नशा च्यापिएका बिरामीलाई हामीले सफलतापूर्वक उपचार गरेका छौं । हामी बिरामीलाई नै डाक्टर बनाउँछौं । कसरी खाने, कसरी उठ्ने, कसरी हिड्ने, आफ्नो दिन चर्या कस्तो बनाउने, खानामा के हुनुपर्छ, भन्ने कुरा हामी बिरामीलाई सिकाउँछौ । त्यसैले हामीले बिरामीलाई १०/१५ दिन समय दिनुपर्छ । दीर्घकालीन रोगका बिरामीले समय दिएर उपचार गरेमा नतिजा राम्रो आउँछ । प्राकृतिक चिकित्सा पद्धतिमा औषधी खानै हुदैन भन्ने धारणा राख्दैनौं । औषधी चलाएको सम्बन्धित डाक्टरहरुबाट घटाउने सल्लाह दिन्छौं ।

योग तथा प्राकृतिक चिकित्साप्रतिको विश्वास अभिवृद्धि गर्न के गर्नुपर्ला ?

सर्वप्रथम जनचेतना अभिबृद्धि गर्नु महत्वपूर्ण कुरा हो । अर्को भनेको प्रमाणित गर्न्ुप¥यो । बिरामी उपचारपछि निको भएको मास बढी हुनुप¥यो । हाम्रोमा आउने बिरामीहरु प्रायः कसैको मार्फतबाटै आउँछन् । त्यसपछि परामर्श राम्रो दिन सक्नुपर्छ । उपचारसँगै जनचेतना दिन्छौं जसका कारण अहिले देशभर ४०–५० को हाराहारीमा प्राकृतिक चिकित्सा अस्पताल सञ्चालनमा छन् । यसका अभियान्ताहरु दिनरात अवलम्बन गर्नुपर्छ भनेर लागिरहेका छन् । स्वास्थ्य मन्त्रालयबाटै नितिगत रुपमा गर्नुपर्छ संस्था, व्यक्तिले गरेको जनचेतना भन्दा सरकारले गरेको भावपूर्ण, सन्देशमुलक धेरै मासमा पुग्छ ।

एक व्यक्ति स्वस्थ जीवन बिताउनका लागि बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म के के कुरामा ध्यान दिनुपर्ला ?

मानिस स्वस्थ हुन स्वयं डाक्टर हुन जरुरी छ । आफू तन्दुरुस्त हुन पनि आफ्नो स्वास्थ्यको डाक्टर हुनु हो । हाम्रो परामर्श पनि यहिबाट सुरु हुन्छ । भोजन, व्यायममा ध्यान दिनुपर्छ । हामी घडीको सुई हेरेर अगाडि बढ्छौं । जसका कारण हाम्रो जीवन चाँडो बितिरहेको छ जसले गर्दा हामी मृत्युको मुखमा पनि छिटो पुग्छौं । हामी आजै चाहियो, अहिलै चाहियो भन्दै सबै कुरा छिटो खोज्छौं । त्यसपछि हामी मानसिक तनाबमा पुग्छौं । न नतिजा पाउँछौं न स्वस्थ हुन्छौं । हामी भ्याउँदा र जिब्रोका लागि खान्छौं म के भन्छु भने भ्याउँदा नखाउँ समयमा खाउँ, जिब्रोको लागि होइन शरीरका लागि खाऔं । समय मिलाएर दैनिक काम गरौं ।

 

Logo