नेपालमा डेंगीको ४ वटै सेरोटाइप देखियो, के हो सेरोटाइप ?

नेपालमा डेंगीको ४ वटै सेरोटाइप देखियो, के हो सेरोटाइप ?

केन्द्रबिन्दु
0
Shares

नेपालमा यो वर्ष डेंगीले भयावह रुप लिएको  छ । हालसम्म डेंगी संक्रमित हुनेको संख्या आठ हजारनजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको तथ्याङ्क अनुसार सन् २०२३ जनवरीयता अगस्ट ६ सम्म सात हजार ७३३ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

डेंगी संक्रमणका कारण सुनसरीको धरान उपमहानगरपालिकामा मात्र आठ र सुनसरीमै थप एक गरी नौजनाको मृत्यु भएको छ । तर, महाशाखाले हालसम्म सातजनाको मात्र मृत्यु पुष्टि गरेको छ । जुलाईमा मात्र तीन हजार ६२६ संक्रमित थपिएको महाशाखाले जनाएको छ । यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप देखिएको महाशाखाले जनाएको छ । 

के हो सेरोटाइप ? 
सेरोटाइपलाई भाइरसको प्रकृतिका आधारमा वर्गीकरण गरिएको छ । डेंगी सङ्क्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक रहेको हुन्छ।  पहिलोपटक डेंगीको स्वरूप देखिएको छ भने त्यसलाई सेरोटाइप–१ भनिन्छ । त्यस्तै अर्कोपटक डेंगीको सङ्क्रमणको प्रभाव देखिन थाल्छ भने त्यसलाई सेरोटाइप–२ वा सेरोपाइप–३ भनिन्छ ।  यसरी पुनः डेंगी स्वरुप देखिदै जानु र  यस्ले  बिरामीलाई बढी जटिल बनाउदै लानुलाई  सेरोटाइप भन्ने गरिन्छ । यसलाई डेंगी भाइरसको प्रोटिनको संरचनाका आधारमा छुट्याइने गरिन्छ।

विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ । नेपालमा भने सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको थियो । त्यस्तै सन् २०१९ मा गरिएको नमूना परीक्षणमा नेपालमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको थियो । तर यसपालि भने नेपालमा डेंगु सङ्क्रमणका चार वटै स्वरुपका सेरोटाइप देखिएका छन्।  

एउटा स्वरुपको सेरोटाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ।  नेपालमा डेंगीको सङ्क्रमण्मलाई १, २, ३, ४ सेरोटाइप नाम दिइएको छ ।  फरक–फरक सेरोटाइपसहितको डेंगी दोहोरिए बिरामीको अवस्था सिकिस्त हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

Logo