थपिए २३२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १५,४९१ पुग्यो

थपिए २३२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १५,४९१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ जना पुगेको छ । आज २३२ जना थपिएका छन् । शुक्रबार ७४० जना थपिएका थिए । विहिबार ४७३ जना थपिएका थिए । बुधबार ४८२ जना थपिएका थिए । मंगलबार ३१६ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या ६ हजार ४१५ पुगेको छ । आज २७२ जना निको भएका छन् । शुक्रबार ८२३ जना निको भएका थिए । विहिबार ६६४ निको भएका थिए ।

मृतकहरुको संख्या ३४ जना पुगेको छ । आज गोरखाका एक ४४ वर्षका पुरुषको मृत्यु भएको छ । रुपन्देहीका एक ७५ वर्षिय पुरुषको पनि आज मृत्यु भएको छ ।

शुक्रबार काठमाडौं बानेश्वरका ८५ वर्षिय पुरुषको निधन भएको थिए । विहिबार नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको थियो । बुधबार अछामका एक जनाको बुधबार मृत्यु भएको थियो । नेपालका सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

Logo