नेपालमा हरेक २ मिनेटमा एक जना कोरोना संक्रमित !

नेपालमा हरेक २ मिनेटमा एक जना कोरोना संक्रमित !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा प्रतिघण्टा ३० जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण भएको छ। यो संक्रमितको संख्या अहिलेसम्मकै बढी हो।

कोरोनाले संख्या १५ हजार २५९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ८२३ रहेको छ। कोरोना जित्नेको संख्या हालसम्म ६ हजार १४३ पुगेको छ। प्रवक्ता गौतमका उनका अनुसार शुक्रबार भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। त्यस्तै उनीहरु चिकित्सकको निगरानीमा रहेका छन्। संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य उनले जानकारी दिए।

त्यस्तै कोरोनाले थप एक जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको असार १७ गते मृत्यु भएको थियो। उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ।अन्नपूर्णबाट

Logo