नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, आज ७४० जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, आज ७४० जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ जना पुगेको छ । आज ७४० जना थपिएका छन् । विहिबार ४७३ जना थपिएका थिए । बुधबार ४८२ जना थपिएका थिए । मंगलबार ३१६ जना थपिएका थिए । सोमबार ४७६ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या ६ हजार १४३ पुगेको छ । आज ८२३ जना निको भएका छन् । विहिबार ६६४ निको भएका थिए । मंगलबार सम्म ३ हजार १९४ जना निको भएका थिए तर बुधबार एकै दिन १ हजार ४६२ थपिएका थिए । बुधबारसम्म ४ हजार ६५६ जना निको भएको जानकारी दिइएको थियो । मंगलबार ६० जना निको भएका थिए । सोमबार १२१ जना निको भएका थिए ।

मृतकहरुको संख्या ३२ जना पुगेको छ । आज काठमाडौं बानेश्वरका ८५ वर्षिय पुरुषको निधन भएको छ । विहिबार नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको थियो । बुधबार अछामका एक जनाको बुधबार मृत्यु भएको थियो । नेपालका सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

Logo