काभ्रेमा आज पनि २ जना संक्रमित थपिए, कूल संख्या ९ पुग्यो

काभ्रेमा आज पनि २ जना संक्रमित थपिए, कूल संख्या ९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।
काभ्रे जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा बुधबार पाँचखाल नगरपालिकाका २४ जनाको पिसीआर परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज थपिएका मध्ये पाँचखाल नगरपालिका–९ का ३७ वर्षीय पुरुष र वडा नं.–६ का ३३ वर्षीय पुरुष रहेका छन् । ३७ वर्षीय पुरुष भारतबाट र ३३ वर्षीय पुरुष साउदीबाट आएका नागरिक हुन् । उनीहरु पाँचखालको क्वारेन्टाइनमा रहेका थिए ।

यससँगै अब जिल्लामा संक्रमित संख्या ९ पुगेको छ । बुधबार पनि जिल्लामा १ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये ६ जना निको भएका छन् ।

Logo