नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका शिशुको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका शिशुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ दिनको शिशुको उपचारको क्रममा मृत्यु भएको बताए । उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७३ जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले १ सय ९ जना महिला र ३ सय ६४ पुरुष गरी कुल ४ सय ७३ जनामा संक्रमण पुष्टि भएको बताए । यससँगै हालसम्म संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमध्ये १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ । देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन् । यस्तै आइसोलेसनमा १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ ।

हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।

Logo