थपिए ४७३ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १४,५१९ पुग्यो

थपिए ४७३ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १४,५१९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ जना पुगेको छ । आज ४७३ जना थपिएका छन् । बुधबार ४८२ जना थपिएका थिए । मंगलबार ३१६ जना थपिएका थिए । सोमबार ४७६ जना थपिएका थिए । यस्तै आइतबार ४६३ थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या ५ हजार ३२० पुगेको छ । आज ६६४ जना निको भएका छन् । मंगलबार सम्म ३ हजार १९४ जना निको भएका थिए तर बुधबार एकै दिन १ हजार ४६२ थपिएका थिए । बुधबारसम्म ४ हजार ६५६ जना निको भएको जानकारी दिइएको थियो । मंगलबार ६० जना निको भएका थिए । सोमबार १२१ जना निको भएका थिए । यस्तै आइतबार १७९ जना निको भएका थिए ।

मृतकहरुको संख्या ३१ जना पुगेको छ । आज नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ । बुधबार अछामका एक जनाको बुधबार मृत्यु भएको थियो । नेपालका सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

Logo