आज थपिए ४८२ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १४,०४६ पुग्यो

आज थपिए ४८२ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १४,०४६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ जना पुगेको छ । आज ४८२ जना थपिएका छन् । मंगलबार ३१६ जना थपिएका थिए । सोमबार ४७६ जना थपिएका थिए । यस्तै आइतबार ४६३ थपिएका थिए । शनिबार ५५४ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या पनि ह्वात्तै थपिएको छ । मंगलबार सम्म ३ हजार १९४ जना निको भएका थिए तर आज सम्म ४ हजार ६५६ जना निको भएको जानकारी दिइएको छ । पछिल्लो पटक कहाँ कति निको भए भन्ने प्रादेशिक रिपोर्ट आउन बाँकी छ । मंगलबार ६० जना निको भएका थिए । सोमबार १२१ जना निको भएका थिए । यस्तै आइतबार १७९ जना निको भएका थिए । शनिबार १३६ जना निको भएका थिए ।

मृतकहरुको संख्या ३० जना पुगेको छ । अछामका एक जनाको आज मृत्यु भएको छ ।  नेपालका सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

Logo