थपिए ३१६ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १३,५६४ पुग्यो

थपिए ३१६ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १३,५६४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ जना पुगेको छ । आज ३१६ जना थपिएका छन् । सोमबार ४७६ जना थपिएका थिए । आइतबार ४६३ थपिएका थिए । शनिबार ५५४ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ । आज ६० जना निको भएका छन् । सोमबार १२१ जना थपिएका थिए । आइतबार १७९ जना निको भएका थिए । शनिबार १३६ जना निको भएका थिए ।

मृतकहरुको संख्या २९ जना पुगेको छ । नेपालका सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

Logo