गण्डकीमा बिहानै थपिए १७ संक्रमित, प्रदेशमा कूल संख्या ९६६ पुग्यो

गण्डकीमा बिहानै थपिए १७ संक्रमित, प्रदेशमा कूल संख्या ९६६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

पोखरा ।
गण्डकी प्रदेशमा आज पनि १७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

प्रदेशका ४ जिल्लामा १७ जना संक्रमित थपिएको हो । क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा १७ जनामा भाइरस पुष्टि भएको आज विहान ६ बजे जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आज थपिएका संक्रमितहरुमा स्याङजाका १ जना, तनहुँका ५ जना, लमजुङका ३ र कास्कीका ८ जना छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार अब गण्डकीमा संक्रमितको संख्या ९६६ पुगेको छ । यहाँ निको हुनेको संख्या २१४ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।

Logo