नेपालमा कोभिड-१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक

नेपालमा कोभिड-१९ को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोभिड–१९ का बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले ११५ सङ्घसंस्थाले कोभिड–१९ को अनुसन्धानका लागि इच्छा देखाएका बताए।

उनले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको बताए। उनका अनुसार अहिलेसम्म ८७ सङ्घसंस्थालाई कोभिड–१९ को अध्ययन अनुसन्धान गर्न अनुमति दिइएको छ ।

नेपालमा पहिलो पटक गत माघ ९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म १२ हजार ७७२ जनामा सङ्क्रमण देखिएको छ । यस्तै तीन हजार १३ जना कोभिड– १९ मुक्त भएका छन् भने २८ जनाको कोभिड–१९ का कारणले निधन भएको छ ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले कोभिड–१९ को जीन, स्टिमा, क्लिनिकल, किट, बिरामीको लक्षण लगायत विषयमा अध्ययनका लागि अनुमति माग गरिएको बताए ।

उनले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर ती सङ्घसंस्थालाई कोभिड–१९ को अनुसन्धान गर्न दिइएको जानकारी दिए। उनले अध्ययन अनुसन्धानले पछि कोभिड–१९ को भ्याक्सिन बनेपछि प्रयोग गर्न सजिलो हुने बताए। परिषद्ले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।

१७९ डिस्चार्ज
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट आइतबार १७९ जना कोभिड १९ को सङ्क्रमणबाट मुक्त भएका छन् । तीमध्ये १३ महिला र १६६ पुरुष रहेका छन् ।

Logo