स्वास्थ्य अनुसन्धान परिषदद्वारा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी

स्वास्थ्य अनुसन्धान परिषदद्वारा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड-१९ संक्रमणबाट गम्भिर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ ।

संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने कुराहरु अध्ययनहरुले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ । परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए ।

परिषदले अहिले नेपालमा रहेका संक्रमितहरु विभिन्न देशबाट आएका व्यक्तिहरुमा लक्षणहरु पनि फरक फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ । परिषदले कोभिड—१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्याङ्कन सम्बन्धि अनुसन्धान समेत गरेको छ । सरकारले तोकेका कोभिड अस्पतालका रुपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरुमा अध्ययन गरेको हो ।

Logo