थपिए ४६३ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १२,७७२ पुग्यो

थपिए ४६३ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १२,७७२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ जना पुगेको छ । आज ४६३ जना थपिएका छन् । शनिबार ५५४ जना थपिएका थिए । शुक्रबार ५९३ जना थपिएका थिए । विहिबार ४३४ जना थपिएका थिए । बुधबार ६२९ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या ३ हजार १३ जना पुगेको छ । आज १७९ जना निको भएका छन् । शनिबार १३६ जना निको भएका थिए । शुक्रबार ४८ जना निको भएका थिए । विहिबार ३१२ जना निको भएका थिए । बुधबार ११४ र मंगलबार ७६ जना निको भएका थिए ।

मृतकहरुको संख्या २८ जना पुगेको छ । शुक्रबार बेवारिसे अवस्थामा भेटिएकी एक महिलाको राप्ती अस्पतालमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । विहिबार पनि स्याङ्जा र ललितपुरमा गरि २ जनाको मृत्यु भएको थियो । नेपालका सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

Logo