३ महिनासम्म जोगिएको रसुवामा कसरी देखियो कोरोना सङ्क्रमण ?

३ महिनासम्म जोगिएको रसुवामा कसरी देखियो कोरोना सङ्क्रमण ?

केन्द्रबिन्दु
0
Shares

रसुवा।
हिमाली जिल्ला रसुवामा पहिलो पटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कुवेत र भारतबाट आएका नौ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रसुवामा सङ्क्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्ला नै कोरोनाबाट प्रभावित भएका छन् ।

उनीहरु एक हप्ता अघिदेखि नौकुण्ड गाउँपालिका, पारच्याङ क्वारेन्टाइनमा बसेका थिए । तिनीहरुमा आठ महिला र एक पुरुष रहेको जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बताए । विदेशबाट आएका १७ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाइएका मध्ये नौ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि ग्रामीण स्वास्थ्य अस्पताल, जिबजिबेको आइसोलेशनमा लगिएको जनाइएको छ ।

उनीहरुलाई विदेशबाट आउने बित्तिकै क्वारेन्टाइनमा राखिएको तथा परिवार र अन्यसँग भेट गर्न नदिइएको बताउँदै नौकुण्डका अध्यक्ष नुर्पुसाङ्बो घलेले थप सतर्कताका लागि सबै वडामा अनुरोध गरिसकिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार अहिलेसम्म सुरक्षित रसुवामा कोभिड–१९ पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ ।रासस

Logo