थपिए ५५४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १२,३०९ पुग्यो

थपिए ५५४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १२,३०९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ जना पुगेको छ । आज ५५४ जना थपिएका छन् । शुक्रबार ५९३ जना थपिएका थिए । विहिबार ४३४ जना थपिएका थिए । बुधबार ६२९ जना थपिएका थिए । मंगलबार ५३८ जना र सोमबार ५३५ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या २ हजार ८३४ जना पुगेको छ । आज १३६ जना निको भएका छन् । शुक्रबार ४८ जना निको भएका थिए । विहिबार ३१२ जना निको भएका थिए । बुधबार ११४ र मंगलबार ७६ जना निको भएका थिए । सोमबार ३७० जना निको भएका थिए ।

मृतकहरुको संख्या २८ जना पुगेको छ । शुक्रबार पनि बेवारिसे अवस्थामा भेएिकी एक महिलाको राप्ती अस्पतालमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनको परिवारसँग अहिले सम्म सम्पर्क हुन सकेको छैन । विहिबार पनि स्याङ्जा र ललितपुरमा गरि २ जनाको मृत्यु भएको थियो । नेपालका सबै जिल्लामा संक्रमित पुगेका छन् । आज रसुवा जिल्लामा पनि संक्रमित देखिएका छन् ।

Logo