गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा।
गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देखिएका संक्रमितमाा स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित १९ जना, स्याङ्जाकै विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १, १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. विनोद विन्दु शर्माले जनाएका छन् ।

यस्तै, नयाँ संक्रमित मध्ये बागलुङको काठेखोला गाउँपालिकाका ७ जना पुरुष, बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुष छन् । उता नवलपुरमाको हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका अब कोरोना सङक्रमित ८ सय ३८ पुगेका छन् । जसमध्ये १०१ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Logo