कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७ पुग्यो, निको हुने २,६९८ जना

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७ पुग्यो, निको हुने २,६९८ जना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो ।

असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरे पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताए । अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाब संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार ४८ जना गरी अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

शुक्रबार नेपालमा थप १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

Logo