थपिए ५९३ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ११,७५५ पुग्यो

थपिए ५९३ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ११,७५५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ जना पुगेको छ । आज ५९३ जना थपिएका छन् । विहिबार ४३४ जना थपिएका थिए । बुधबार ६२९ जना थपिएका थिए । मंगलबार ५३८ जना र सोमबार ५३५ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या २ हजार ६९८ जना पुगेको छ । आज ४८ जना निको भएका छन् । विहिबार ३१२ जना निको भएका थिए । बुधबार ११४ र मंगलबार ७६ जना निको भएका थिए । सोमबार ३७० जना निको भएका थिए ।

मृतकहरुको संख्या २७ जना पुगेको छ । बेवारिसे अवस्थामा भेएिकी एक महिलाको राप्ती अस्पतालमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । उनको परिवारसँग अहिले सम्म सम्पर्क हुन सकेको छैन ।  विहिबार पनि स्याङ्जा र ललितपुरमा गरि २ जनाको मृत्यु भएको थियो । संक्रमित जिल्ला ७६ पुगेको छ । अब रसुवा जिल्लामा मात्र संक्रमित देखिएका छैनन् ।

Logo