गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित, प्रदेशमा ७९२ पुगे

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित, प्रदेशमा ७९२ पुगे

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा आज थप २५ जना कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको आज विहान जारी विज्ञप्ति अनुसार नयाँ संक्रमण हुनेमा नवलपरासी पूर्वका २१ जना, तनहुँका २ , स्याङ्जा र बाग्लुङका १/१ जना छन् ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ । यहाँ २ जनाको मृत्यु पनि भइसकेको छ ।

नेपालमा हालसम्म ११ हजार १६२ जना संक्रमित छन् भने २६ जनाको मृत्यु भएको छ । २,६५० जना निको भएका छन् ।

 

Logo