थपिए ४३४ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ११,१६२ पुग्यो

थपिए ४३४ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ११,१६२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ जना पुगेको छ । आज ४३४ जना थपिएका छन् । बुधबार ६२९ जना थपिएका थिए । मंगलबार ५३८ जना र सोमबार ५३५ जना थपिएका थिए । आइतबार ४२१ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या २ हजार ६५० जना पुगेको छ । आज ३१२ जना निको भएका छन् । बुधबार ११४ र मंगलबार ७६ जना निको भएका थिए । सोमबार ३७० जना निको भएका थिए । आइतबार १९४ निको भएका थिए ।

मृतकहरुको संख्या २६ जना पुगेको छ । आज स्याङ्जा र ललितपुरमा गरि २ जनाको मृत्यु भएका छन् । संक्रमित जिल्ला ७६ पुगेको छ । अब रसुवा जिल्लामा मात्र संक्रमित देखिएका छैनन् ।

Logo