थपिए ५३८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

थपिए ५३८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ जना पुगेको छ । आज ५३८ जना थपिएका छन् । सोमबार ५३५ जना थपिएका थिए । आइतबार ४२१ जना थपिएका थिए । शनिबार ३३१ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या २ हजार २२४ जना पुगेको छ । आज ७६ जना निको भएका छन् । सोमबार ३७० जना निको भएका थिए । आइतबार १९४ निको भएका थिए । शनिबार १७६ जना निको भएका थिए ।

मृतकहरुको संख्या २४ जना पुगेको छ । संक्रमित जिल्ला ७६ पुगेको छ । आइतबार मुस्ताङ र ओखलढुङ्गामा पनि कोरोना संक्रमित भेटिएका थिए । अब रसुवा जिल्लामा मात्र संक्रमित देखिएका छैनन् ।

Logo