क्वारेन्टाइनबाट घर पठाइएका कैलालीका ५८ जनामा कोरोना पुष्टि

क्वारेन्टाइनबाट घर पठाइएका कैलालीका ५८ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

कैलाली ।

कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ ।

लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन् ।

सङ्क्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पिसिआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले जानकारी दिइन् । गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

Logo