थपिए ५३५ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ९,५६१ पुग्यो

थपिए ५३५ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ९,५६१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ जना पुगेको छ । आज ५३५ जना थपिएका छन् । आइतबार ४२१ जना थपिएका थिए । शनिबार ३३१ जना थपिएका थिए । शुक्रबार ४२६ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या २ हजार १४२ जना पुगेको छ । आज ३७० जना निको भएका छन् । आइतबार १९४ निको भएका थिए । शनिबार १७६ जना निको भएका थिए । शुक्रबार २१६ जना निको भएका थिए ।

मृतकहरुको संख्या २३ जना पुगेको छ । संक्रमित जिल्ला ७६ पुगेको छ । आइतबार मुस्ताङ र ओखलढुङ्गामा पनि कोरोना संक्रमित भेटिएका छन् । अब रसुवा जिल्लामा मात्र संक्रमित देखिएका छैनन् ।

Logo