गण्डकीमा थपिए २० नयाँ संक्रमित, प्रदेशमा कूल संक्रमितको संख्या ५४० पुग्यो

गण्डकीमा थपिए २० नयाँ संक्रमित, प्रदेशमा कूल संक्रमितको संख्या ५४० पुग्यो

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा ।

स्याङ्जामा १२ र नवलपरासीमा ८ जना गरि आज गण्डकी प्रदेशमा २० जना काेराेना सङ्क्रमित थपिएका छन् । यो सँगै अब गण्डकीमा सङ्क्रमितको संख्या ५४० पुगेको छ ।

स्याङ्जाको अर्जुनचौपारीका ७ वर्षका ३ जना बालकमा पनि आज संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्वारा आज जारी प्रेस विज्ञप्तीमा यसको जानकारी दिइएको छ ।

स्याङ्जामा आज १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुषमा पनि कोरोना देखिएको छ । यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुषमा पनि आज संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा हालसम्म ५४० जना सङ्क्रमित, ५५ जना निको र एक जनाको मृत्यु भएको छ ।

Logo