कोरोना संक्रमित ५० हजार पुग्ने अनुमान, संख्या १० हजार कटेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने

कोरोना संक्रमित ५० हजार पुग्ने अनुमान, संख्या १० हजार कटेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
बदलिँदो परिस्थितिको समीक्षा गर्दै नेपाली सेनाको पृतनापति सम्मेलन सैनिक मुख्यालयमा सम्पन्न भएको छ । भारतसँग सीमा विवाद र कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर सेनाले गत शुक्रवार पृतनापति सम्मेलन बोलाएको थियो ।

भेलामा आठै पृतनाका पृतनापतिहरुले आ–आफ्नो कार्यक्षेत्रमा देखिएका समस्याका बारेमा धारणा राखेका थिए । भारत र अन्य मुलुकबाट आउने नेपालीको संख्या बढी रहेको भन्दै कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने आँकलन गरेको सैनिक मुख्यालयले जनाएको छ ।

छलफलमा संक्रमितको संख्या ५० हजार नाघ्न सक्ने विश्लेषण गरिएको छ । साथै भविष्यमा कोरोना भाइरसको महामारी उच्च बिन्दुमा पुग्दा आइपर्ने चुनौतीलाई कसरी सामना गर्ने भन्ने बारेमा समेत बैठकमा छलफल भएको थियो ।

बैठकमा कोरोना संक्रमित संख्या १० हजार कटे सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने भन्दै त्यसका लागि सेनालाई कसरी तयारी हालतमा राख्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।

सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी समेत सेनालाई दिएको थियो । सेनाले महँगो मूल्यमा औषधि खरिद गरेको र समयमा सामग्री खरिद गर्न नसकेको भन्दै सेनाको आलोचनासमेत भइरहेको छ ।

पृतनापति सम्मेलनमा सेना मूल कामबाट अन्य क्षेत्रमा प्रवेश गर्न नहुने सैन्य अधिकृतले धारणा राखेका छन् । यसले भविष्यमा सेनाको छवि नै बिग्रिने चिन्ता उनीहरुले गरेका छन् ।नेपाल समाचारपत्रबाट

Logo