थपिए ४२१ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ९,०२६ पुग्यो

थपिए ४२१ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ९,०२६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ । आज ४२१ जना थपिएका छन् । शनिबार ३३१ जना थपिएका थिए । शुक्रबार ४२६ जना थपिएका थिए । यस्तै विहिबार ६७१ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या १ हजार ७७२ जना पुगेको छ । आज १९४ जना निको भएका छन् । शनिबार १७६ जना निको भएका थिए । शुक्रबार २१६ जना निको भएका थिए । यस्तै विहिबार १९ जना निको भएका थिए ।

मृतकहरुको संख्या २३ जना पुगेको छ । आज गुल्मीका एक जनाको मृत्यु भएको छ । संक्रमित जिल्ला ७५ पुगेको छ । आज मुस्ताङमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

Logo