रामेछापको गोकुलगंगाका ११ जनाले जिते कोरोना

रामेछापको गोकुलगंगाका ११ जनाले जिते कोरोना

केन्द्रबिन्दु
0
Shares

रामेछाप ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । १७ दिन अघि कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा भर्ना भएका ११ जना संक्रमितहरु निको भएको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले बताए ।

उनका अनुसार १७ दिन अघि गोकुलगंगा गाउँपालिकाका कोरोना संक्रमित ११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

जिल्ला अस्पताल रामेछापमा भर्ना भएका लिखु तामाकोशी गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका १३ व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने लिखु तामाकोशी गाउँपालिकाका २ जनालाई पनि आज नै घर पठाउने तयारी गरिएको अस्पतालले जनाएको छ । १३ जना डिस्चार्ज भएपछि पनि जिल्ला अस्पताल रामेछापमा पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

Logo