सुदूरपश्चिममा एकै दिन ६९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा एकै दिन ६९ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि भएको छ ।

कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार कोरोना पुष्टि भएकाहरूमा डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुई, दुई एवं कञ्चनपुरका एक जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

यससँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित ९४८ पुगेका छन् ।

Logo