रामेछापमा थप एक महिला र २ पुरुष कोरोना सङक्रमित

रामेछापमा थप एक महिला र २ पुरुष कोरोना सङक्रमित

केन्द्रबिन्दु
0
Shares

रामेछाप ।

रामेछापमा थप तीन जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफ्रिङमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा शनिबार एक महिला र दुई जना पुरुषमा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको रामेछापबाट स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षणमा कोरोना पोजेटिभ आएका लिखु तामाकोसी गाउँपालिका वडा न ४ का २५ वर्षीय पुरुष र २५ वर्षीया महिला (श्रीमान, श्रीमती ) र अर्का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु भारतबाट आएपछि लिखु तामाकोसी गाउँपालिका ४ को भृङ्गेश्वर माविको क्वारेन्टाइनमा बसिरहेका थिए । अहिले उनीहरुलाई उपचारको लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

Logo