थपिए ३३१ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो

थपिए ३३१ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । आज ३३१ जना थपिएका छन् । शुक्रबार ४२६ जना थपिएका थिए । यस्तै विहिबार ६७१ जना थपिएका थिए भने बुधबार ५८६ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या १ हजार ५७८ जना पुगेको छ । आज १७६ जना निको भएका छन् । शुक्रबार २१६ जना निको भएका थिए । यस्तै विहिबार १९ जना निको भएका थिए । बुधबार निको हुनेको संख्या ९ रहेको थियो ।

मृतकहरुको संख्या २२ जना पुगेको छ । संक्रमित जिल्ला ७४ पुगेको छ ।

Logo