काभ्रेका कोरोना संक्रमित ५ जना निको भए

काभ्रेका कोरोना संक्रमित ५ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रेका कोरोना संक्रमित ५ जना व्यक्तिहरु आज डिस्चार्ज भएका छन् । संक्रमित पाँच जनाकै रिपोर्ट अनुसार उनीहरुको कोरोना नेगेटिभ देखिएपछि सबैलाई डिस्चार्ज गरिएको हो ।

भक्तपुरको दुवाकोटमा उपचाररत सबै विरामीहरुमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डिस्चार्ज हुनेहरुमा रोशी गाउँपालिकाका ३ जना, पनौति नगरपालिकाका १ जना र पाँचखाल नगरपालिकाका १ जना रहेका ।

Logo