गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए, कूल संख्या ३४८ पुग्यो

गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए, कूल संख्या ३४८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी सूचनामा थप २४ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

नयाँ संक्रमितमा बाग्लुङका मात्रै १४ जना रहेका छन् । जिल्लाको गल्कोट नगरपालिकामा ८ र काठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण देखिएको छ।

नयाँ संक्रमित सबै भारतबाट फर्किएका नागरिक भएको निर्देशनालयको सूचनामा उल्लेख छ। अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।

Logo