आज थप एक जनासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

आज थप एक जनासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । आज थप एक जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि कूल संख्या ११ पुगेको छ ।

बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोनाको पुष्टि भएको कर्णाली प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ ।

मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । मन्त्रालयका अनुसार हिजो मृत्यु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

कर्णालीका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा‍.लक्ष्मी नारायण तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार मृत्तक युवा जेठ ८ गतेदेखि क्वारेन्टाइनमा थिए । उनको बुधबार गरिएको परिक्षणमा नेगेटिभ रिपोर्ट आएको भएपनि विहिबार उनको मृत्यु भएको थियो । मृत्यु पश्चात गरिएको परिक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको हो ।

नेपालमा विहिबार सम्म २ हजार ६३४ मा कोरोना पुष्टि भएको, २९० जना निको भएको र १० जनाको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले गराएको थियो । त्यस यता विभिन्न जिल्लामा कोरोना पुष्टि भएका, निको भएका र पछिल्लो मृत्यु भएका समेतको आधिकारिक तथ्यांक सार्वजनिक हुन बाँकी छ ।

Logo