प्रदेश नं २ मा कोरोना सङ्क्रमितको संख्या ९६१ पुग्यो, १२२ जना निको

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको संख्या ९६१ पुग्यो, १२२ जना निको

केन्द्रबिन्दु
0
Shares

जनकपूर ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९६१ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १०२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि, यस प्रदेशमा ८५९ सङ्क्रमित थिए ।

सप्तरीमा १२, धनुषामा एक महिलासहित छ, महोत्तरीमा तीन, सर्लाहीमा तीन, रौतहटमा छ र नौँ वर्षीय दुई बालकसमेत गरी ६५ जना, बारामा १२ र पर्सामा एक गरी १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए ।

यसैबीच, यस प्रदेशबाट १२२ जना निको भएर घर फर्केका छन् । घर फर्कनेमा पर्सामा ९६, बारामा नौ, धनुषामा चार, रौतहटमा तीन, सर्लाहीमा एक र महोत्तरीमा तीन, सप्तरीमा एक र भारत तथा अन्य प्रदेशका गरी पाँच जना निको भएर घर फर्केका सचिव डा घिमिरेले बताए ।

यस प्रदेशमा अहिलेसम्म १८ हजार ८९३ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सो मध्ये १० हजार ७६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात हजार १६९ जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्यामा पनि बढोत्तरी गरिएको छ । यस प्रदेशको विभिन्न जिल्लामा ४११ वटा क्वारेन्टाइन सञ्चालनमा रहेका र सो क्वारेन्टाइनमा ३१ हजार ११९ शैयाको व्यवस्था गरिएको छ । यतिखेर, क्वारेन्टाइनमा २२ हजार ९६१, होम क्वारेन्टाइनमा सात हजार १५ र आइसोलेशनमा ५८९ जना बसेका छन् ।रासस

Logo