स्वास्थ्यका छ जना विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवार हेरफेर

स्वास्थ्यका छ जना विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवार हेरफेर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ र ११ औ तह (सहसचिव स्तर) का ६ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड –१९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर गरिएको बताए । उनका अनुसार स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा पठाइएको छ । श्रेष्ठले मन्त्रालयमा रहेर कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को जिम्मेवारी वहन गरेका छन् ।

यस्तै स्वास्थ्य विभागका महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई पठाइएको छ । यसैगरी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा रमेश खरेललाई विभागको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ । व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेललाई मन्त्रालयमा तानिएको छ ।

यसैगरी परोपकार प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ । प्रसूतिगृहमा कोशी अञ्चल अस्पतालका निर्देशक संगीता मिश्रलाई पठाइएको छ ।रासस

Logo