क्वारेन्टाइनबाट घर फर्केका युवकको मृत्यु

क्वारेन्टाइनबाट घर फर्केका युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो । उनी जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए । स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुङ्गो लाग्नेछ ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो । ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टाइनका रुपमा बसालिएको थियो ।रासस

Logo