आज गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, प्रदेशमा कूल संख्या ५४ पुग्यो

आज गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, प्रदेशमा कूल संख्या ५४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज विहान जारी गरेको विज्ञप्तीमा यसको जानकारी दिइएको छ ।

आज थपिएका १६ नयाँ संक्रमितसँगै गण्डकी प्रदेशमामा कूल संक्रमित संख्या ५४ पुगेको छ । आज बाग्लुङ, पर्वत, म्याग्दी र स्याङ्जामा नयाँ संक्रमित देखिएका हुन् ।

आज देखिएका संक्रमितहरु बाग्लुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला रहेका छन् । यस्तै बाग्लुङकै बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

उता पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका २१ र २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिका ठेगाना भइ कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका २४ र २८ वर्ष उमेरका २ जना पुरुषमा पनि संक्रमणको पुष्टि भएको छ ।

यता स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय १ जना पुरुषमा र म्याग्दीकाे मंगला गाउँपालिकाका १९ वर्षिय पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेशले जनाएको छ । देशभर बुधबारसम्म २ हजार ३ सय संक्रमित रहेका, २७८ निको भएका र ९ जनाको मृत्यु भएको तथ्यांक छ ।

Logo