थप २८८ जनामा कोरोना पुष्टि, नेपालमा कूल संक्रमितको संख्या २,०९९ पुग्यो

थप २८८ जनामा कोरोना पुष्टि, नेपालमा कूल संक्रमितको संख्या २,०९९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । पछिल्लो पटक २८८ जना थपिएका छन् । सोमबार पनि २३९ जना नयाँ संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

कूल संक्रमित मध्ये २६६ जना निको भएका छन् । आज ४५ जना निको भएका छन् । आइतबार र सोमबार १ / १ जना निको भएका थिए । शुक्रबार १९ जना र शनिबार १३ जना निको भएका थिए । मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार २ जनाको मृत्यु भएको जानकारी दिइएको थियो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । गत हप्ता बुधबार ११४ जना, विहिबार १५६, शुक्रबार १७० र शनिबार १८९ जना नयाँ संक्रमित थपिएका थिए । यस्तै यस हप्ताको आइतबार १७१ जना र सोमबार २३९ संक्रमित थपिएसँगै कूल संख्या १ हजार ८११ पुगेको थियो । आज थपिएका समेत गरि कूल संक्रमित संख्या २,०९९ पुगेको हो ।

एक लाख ४५ हजार ३७५ जना हाल क्वारेन्टाइनमा रहेका छन् । पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या ३ अंकको रफ्तारमा बढिरहेको छ । हालसम्म ६१ जिल्लामा कोरोना संक्रमित देखिएका पनि मन्त्रालयले जनाएको छ ।

Logo