पर्वतमा पहिलो पटक पाँच जनामा कोरोना संक्रमण : गण्डकी प्रदेशमा संक्रमित संख्या ३७ पुग्यो

पर्वतमा पहिलो पटक पाँच जनामा कोरोना संक्रमण : गण्डकी प्रदेशमा संक्रमित संख्या ३७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

पर्वत ।
पर्वत जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । यहाँका पाँचजनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार फलेवास नगरपालिकामा दुई र महाशिला गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका निर्देशक डा बिनोदबिन्दु शर्माले जारी गरेको विज्ञप्तीमा फलेवास घर भई सदरमुकाम कुश्माको क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका दुई तथा महाशिला घर भई कुश्माको क्वारेन्टाइनमा बसेका १९, २० र २१ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण देखिएको उल्लेख छ ।

त्यस्तै स्याङ्जामा पनि थप ५ जनामा संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार चापाकोट नगरपालिकामा २२, २६, ३२ र ४० वर्षका चारजना पुरुष तथा विरुवा गाउँपालिका घर भई गाउँपालिकाकै क्वारेन्टाइनमा रहेका २० वर्षका एकजना पुरुष गरि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको पनि विज्ञप्तीमा जनाइएको छ । गण्डकी प्रदेशका कास्की, गोरखा, मनाङ र मुस्ताङमा संक्रमण देखिएको छैन ।

Logo