स्याङ्जामा क्वारेन्टाइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

स्याङ्जामा क्वारेन्टाइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा ।

फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ । जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुई जनासँगै आइतबार घर जाँदै गरेका कार्की अचानक बाटोमै बेहोस भएका र राति नै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पुर्याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्यु पश्चात सोमबार पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ ।रासस

Logo