थप ५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १,५७२ पुग्यो

थप ५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १,५७२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५७२ पुगेको छ । पछिल्लो पटक ५ जना नयाँ संक्रमित भेटिएका छन् । पाल्पामा तीन र रुपन्देहीमा दुई जना गरी थप पाँच जना नयाँ थपिएका छन् ।  आइतबार दिउसो चार बजे १६६ जना थपिएका जानकारी दिइएको थियो । शनिबार पनि १८९ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । कूल संक्रमित मध्ये २२० जना निको भएका छन् । आइतबार १ जना मात्र निको भएका थिए । शुक्रबार १९ जना र शनिबार १३ जना निको भएका थिए । मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार २ जनाको मृत्यु भएको जानकारी दिइएको थियो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । गत बुधबार एकै दिन ११४ जना, विहिबार १५६, शुक्रबार १७० र शनिबार १८९ जना नयाँ संक्रमित थपिएका थिए । आइतबार थप ५ सहित १७१ जना संक्रमित थपिएसँगै कूल संख्या १, ५७२ पुगेको हो ।

पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ५५ जिल्लामा कोरोना संक्रमित देखिएका पनि मन्त्रालयले जनाएको छ ।

Logo