दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु पाइयो

दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु पाइयो

केन्द्रबिन्दु
0
Shares

दाङ ।

दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ ।

चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएपछि त्यही अनुसार उपचार भइरहेको छ । जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।रासस

Logo