आज १६६ जना नयाँ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १,५६७ पुग्यो

आज १६६ जना नयाँ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १,५६७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । आज नयाँ १६६ जना थपिएका हुन् । शनिबार मात्र १८९ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको जानकारी दिएको हो । संक्रमित मध्ये २२० जना निको भएका छन् । आज १ जना मात्र निको भएका हुन् । शुक्रबार १९ जना र शनिबार १३ जना निको भएका थिए । मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । गत बुधबार एकै दिन ११४ जना, विहिबार १५६, शुक्रबार १७० र शनिबार १८९ जना नयाँ संक्रमित थपिएका थिए ।

पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ५३ जिल्लामा कोरोना संक्रमित देखिएका पनि मन्त्रालयले जनाएको छ ।

Logo