आजै मात्र १५६ जना नयाँ संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५ पुग्यो

आजै मात्र १५६ जना नयाँ संक्रमित थपिए, मृत्यु हुनेको संख्या ५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । आजै मात्र १५६ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यसको जानकारी दिएको हो । संक्रमित मध्ये १८७ जना निको भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार पनि एकै दिन ११४ जना नयाँ संक्रमित थपिएका थिए । पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ५१ जिल्लामा कोरोना संक्रमित देखिएका पनि मन्त्रालयले जनाएको छ ।

Logo