प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

पर्सा ।
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । थपिएका नयाँ सङ्क्रमितमा रौतहटका ३५, बारामा एक महिलासहित आठ, सप्तरीमा एक महिलासहित ११ र सिरहाका दुई जना छन् ।

मुलुकभरिमा कोरोना सङ्क्रमणबाट १८३ जना निको भएका छन् । सोमध्ये सबैभन्दा बढी प्रदेश नं २ बाट ९३ जना निको भएको जानकारी गराउँदै सचिव डा घिमिरेले डिस्चार्ज भएका मध्येबाट शिशुका साथै उच्च रक्तचाप, मधुमेहको बिरामी पनि सो सङ्क्रमणबाट निको भएर घर फर्केका हुन् ।

यस प्रदेश अन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा एक महिलासहित १५, सिरहाको महेन्द्र गेनाइ अस्पतालको आइसोलेसनमा छ, महोत्तरीको जलेश्वर अस्पतालमा तीन, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २६ र सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेसनमा १३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै रौतहटको गौरस्थित गौरी नर्सिङ क्याम्पसको आइसोलेसनमा तीन महिलासहित २८, रौतहटको राजपुर फरहदवा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा २५, रौतहटको देवाही गौनाही–१४ स्थित धरहरीको पोलिटेक्निक क्याम्पसको आइसोलेसनमा १४, बाराको कलैया अस्पतालमा एक महिलासहित ३९ र पर्साको गण्डक अस्पतालमा दुई महिलासहित नौ जनाको उपचार भइरहेको छ ।रासस

Logo